
काठमाडौं । सरकारले १२ कक्षा पास नगरी विदेश जान नदिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज सूचना जारी गर्दै १२ पास नगरेका विद्यार्थीहरुलाई विदेश अध्ययनको लागि जान नो अब्जेक्सन लेटर नदिने बताएको हो ।
१२ कक्षासम्म माध्यमिक शिक्षा नै भएकोले विद्यालय शिक्षा सकेर उच्च शिक्षा पढ्न चाहने विद्यार्थीलाई मात्रै अध्ययन स्वीकृति दिने मन्त्रालयको निर्देशनमा उल्लेख छ ।
यसअघि कक्षा १२ लाई उच्च शिक्षा भन्ने गरिएकोले नो अब्जेक्सन लेटर दिईएको शिक्षा मन्त्रालयका महेश्वर शर्माले बताए ।
