गण्डकी विकास बैंकद्वारा विपन्न विधार्थीहरुलाई स्टेशनरी वितरण

<p>काठमाडौँ । गण्डकी विकास बैंक लि.कावासोती शाखाले शुक्रबार नवलपुर कावासोती नपा वडा नं. १६ डण्डा स्थीत दिपेन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी स्टेशनरी वितरण गरेको छ । बैंकले २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । संस्थाका सहायक [&hellip;]</p>


काठमाडौँ । गण्डकी विकास बैंक लि.कावासोती शाखाले शुक्रबार नवलपुर कावासोती नपा वडा नं. १६ डण्डा स्थीत दिपेन्द्र आधारभूत बिद्यालयमा अध्ययनरत विपन्न, असहाय तथा पिछडिएका बालबालिकाहरुका लागी स्टेशनरी वितरण गरेको छ ।

बैंकले २७ थान झोला, २७ दर्जन कपी, ९ प्याकेट पेन्सील, ३६ प्याकेट पेन तथा ८१ थान नुहाउने साबुन वितरण गरेको छ । संस्थाका सहायक प्रधानाध्यापक नलराज भूर्तेलले संस्थामा रहेका २५३ जना बालबालिकाहरु अध्ययनरत रहेको र सो मध्ये ८० प्रतिशत विद्यार्थी गरीब तथा विपन्न रहेको र सो मध्ये पनि २७ जना वेसहारा रहेको जानकारी दिए ।

उक्त सहयोग वितरण बैंकका चितवन सव क्लष्टर प्रमखु सुरज शर्मा र कावासोती शाखा प्रमुख भिष्मचन्द्र उपाध्याय सहितको टिमले गरेको थियो ।

Share News