काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण लिन कसैले पनि चाँसो नदिएको बताएका छन्।
शैक्षिक प्रमाणपत्र राखेर सहुलियत ब्याजमा ऋण प्रभावकारी नभएको भन्ने सांसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले सरकार तयार भएको तर त्यसप्रति युवाहरुले चाँसो नदिएको बताएका हुन्। मन्त्री खतिवडाले अहिलेसम्म शैक्षिक ऋण पाईन भनेर कतैबाट पनि गुनासो नआएको पनि जनाए।
सरकारले चालु आर्थिक बर्षको बजेटमा उच्च शिक्षा हाँसिल गरेका युवाहरुलाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा सात लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको हो। तर बजेट कार्यान्वयनको नौ महिनामा जम्मा ६ जना युवाहरुले मात्रै यस्तो ऋण पाएका छन् ।