
काठमाडौँ । पाँचथर जिल्लाको २ विद्यालयका भूतपूर्व विधार्थीहरुले आफ्ना २ गुरुहरुको सम्मानमा अक्षयकोष स्थापना गरेका छन् ।
सिद्धदेवी मावि नवमीडाँडा र लुम्फाबुङ मावि पाँचथरका शिक्षक स्व. देवीप्रसाद खनाल र स्व. तेजमान आङदेम्बेको नाममा दुबै विद्यालयमा १ लाख ५० हजारको अक्षयकोष स्थापना गरिएको हो ।
अक्षयकोष स्थापनाका अभियन्ता, सिद्धदेवी माविका पूर्व विधार्थी तथा सोही विद्यालयका पूर्व शिक्षक प्रजापति खनालका अनुसार अक्षयकोषमा रहेको रकमको ब्याजबाट प्राप्त रकम प्रत्येक वर्ष विद्यालयमा उत्कृष्ठ नतिजा ल्याउने गरीधब तथा जेहेन्दार विधार्थीलाई छात्रबृत्ति प्रदान गरिने छ ।
सो कोषमा खनालले ५१ हजार जम्मा गरेका छन् भने अरु भूपू विधार्थीहरुको समेत गरी २ विद्यालयमा १ लाख ५० हजारका दरले ३ लाखको कोष स्थापना गरिएको हो । अक्षयकोषका अभियन्ता प्रजापति हाल काठमाडौँमा बस्दै आएका छन् भने अर्का अभियन्ता नेत्रप्रसाद खनाल अमेरिकाको ट्याम्पा युनिभर्सिटीमा सहायक प्रोफेसरका रुपमा कार्यरत छन् ।