काठमाडौँ । रमदान र ईदको अवसरमा कतार एयरवेजले कतार च्यारिटीसंगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम सम्पत्र गरेको छ ।
अन्डरप्रिभिलेज्ड चिल्ड्रेन्स एजुकेसन प्रोग्राम नेपाल, प्रयास नेपाल, साङ्ग्रीला अफ्र्यानेज होम, र मैंत्रेय फाउन्डेसन नेपालका एक सय बालबालिकाको लागी आयोजना गरिएको हो । होटल अन्नपूर्णमा भएको कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले गरेकी थिइन् ।
उक्त कार्यक्रममा बालबालिकाको मनोरञ्जनका लागी म्युजिकल चेयर, डोरी तान्ने (टग अफ वार), अनुहारमा चित्र बनाउनुका साथै अन्य थुप्रै खेलहरु खेलाइएका थिए । सहभागी हुने सबै बालबालिकाहरुलाई कतार एयरवेज नेपालका प्रमुख मोहम्मद एल इमामद्वारा उपहार वितरण गरिएको थियो ।