नुवाकोट गोल्डकप फुटवल प्रतियोगिता जेठ २० गतेदेखि, साकुरा नेपालले दियाे ९० हजार

<p>बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्। प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी [&hellip;]</p>

बिदुर । आगामी जेठ २० गतेदेखि २९ गतेसम्म संचालन हुने देश्राे नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका लागि साकुरा नेपाल कन्सल्टेन्सीले म्यान अफ दि म्याचकाे प्रायाेजन गरेकाे छ। कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अनुजकुमार श्रेष्ठले बिहीवार बिहान प्रतियोगिताका आर्थिक संयोजक एवं नुवाकोट जिल्ला फूटवल संघका अध्यक्ष दीपकलाल चित्रकारलाई रु ९०,००० हस्तान्तरण गरेका छन्।

प्रतियोगिताको प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’ बन्ने खेलाडीहरुलाई उपलब्ध गराईने रु दस हजार नगद पुरस्कार रकमको व्यवस्था साकुरा नेपाल कन्सल्टेन्सीले गरेको हाे। गत वर्ष सम्पन्न प्रथम नुवाकोट गाेल्डकपमा पनि साकुराले नै याे बिधाकाे प्रायाेजन गरेकाे थियाे।

जिल्ला खेलकुद बिकास समिति नुवाकोट र नुवाकोट जिल्ला फुटबल संघको आयोजना तथा बिदुर नगरपालिकाको संरक्षकत्वमा बट्टार खेलमैदानमा संचालन हुने नुवाकोट गोल्डकप फुटबलमा ‘ए’ डिभिजन क्लवहरु नेपाल अार्मी, नेपाल प्रहरी, मनाङ मर्स्याङ्दी लगायत विभागीय टिमहरु र नुवाकोटको स्थानीय टिम सहित १० टिमको सहभागिता रहने बताईएको छ ।

Share News