प्रनिश बुढाथोकीको ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक

<p>काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नयाँ गित &#8216;दाई की साली&#8217; को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ । गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । उत्सब [&hellip;]</p>

काठमाडौँ । गायक प्रनिश बुढाथोकीको नयाँ गित ‘दाई की साली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुमधुर आवाजका धनि नब गायक प्रनिश बुढाथोकीको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियो समेत आकर्षक बनेको छ ।

गायक प्रनिश बुढाथोकीको स्वर तथा सिम्पल किरातीको शब्द रहेको यस गीतलाई संगीतकार अविनाश राइले संगीत भरेका छन् । उत्सब दाहालको छायांकन रहेको यस म्युजिक भिडियोलाइ निर्देशक अनुप चापागाईंले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा शर्मा, सुनिल क्षेत्रि तथा नब मोडल करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् भने त्रिशा बुढाथोकीले निर्माण गरेकी छिन । निर्देशक अनुप चापागाईंले गीतको भावलाई भिडियोमा कुशलतापूर्वक कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । उक्त भिडियोलाइ म्युजिक आई कम्पनीले बजारमा लिएर आएको हो ।  भिडियो हेर्न यसमा क्लिक गर्नुहोस !

 

 

 

Share News