स्विडेनका सडकमा सामान बोकेर कुद्छन् चालक बिनाका गाडी, प्रतिघण्टा ५ किलोमिटर

<p>स्विडेन। बिना ड्राईभरको सामान ओसारपसार गर्ने गाडी सामान्य ट्राफिक नियम पालना गर्दै स्विडेनको सार्वजनिक सडकमा प्रयोग भईरहेको छ। टि-पोड नाम दिईेको उक्त विशाल गाडी करिब २४ हजार किलोको रहेको छ। यधापी उक्त गाडी पूर्णरुपमा आँफै भने चल्दैन, रिमोट अपरेटरले एक ठाउँमा बसेर यसको गतिविधीलाई नियन्त्रण गर्दछ। &#8216;यो गाडी बन्नु यातायात प्रविधीको लागि कोसेढुंगा हो,&#8217; टि-पोड [&hellip;]</p>

स्विडेन। बिना ड्राईभरको सामान ओसारपसार गर्ने गाडी सामान्य ट्राफिक नियम पालना गर्दै स्विडेनको सार्वजनिक सडकमा प्रयोग भईरहेको छ। टि-पोड नाम दिईेको उक्त विशाल गाडी करिब २४ हजार किलोको रहेको छ।

यधापी उक्त गाडी पूर्णरुपमा आँफै भने चल्दैन, रिमोट अपरेटरले एक ठाउँमा बसेर यसको गतिविधीलाई नियन्त्रण गर्दछ।

‘यो गाडी बन्नु यातायात प्रविधीको लागि कोसेढुंगा हो,’ टि-पोड बनाउने रोबर्ट फ्ल्याकले बताए।

प्रयोग गर्ने समय

स्वीडिश यातायात नियामकहरूले टि-पोडको गति भने कडा नियम लगाएको छ र यो सिमित दुरिमामात्र गुड्न पाउँछ। यसको सिमा ५ किलोमिटर प्रति घण्टा मात्र रहेको छ र यसले दुई स्थानमा मात्र सामान ओसार पसार गर्न पाउँछ।

उक्त गाडी यात्रा गर्ने क्षेत्रमा संचारको आधुनिको प्रविधीको प्रयोग भएकोले गाडी कन्ट्रोल रुमको पहुँचबाट टाढा भने जान सक्दैन। गाडीले जर्मन लजिक्स्टिक र सामान पुर्याउने कम्पनी डिबी स्केनकरको सामाग्री ओसारपसार गर्दछ।

ईनराईडले यसको प्रयोगको लागि अन्य कम्पनीहरुसँग पनि कुरा भईरहेको बताए। ड्राईभर बिना चल्ने कार तथा यस्ता सामान ओसारपसार गर्ने गाडीको संसारभरमा परिक्षण भईरहेको छ।

यस्ता प्रविधिको विशेष गरेर विमानस्थलहरुमा प्रयोग हुने गरेको छ।

बेलायत तथा अन्य राष्ट्रले कन्ट्रोल रुमबाट अपरेटरले यसलाई नियन्त्रण गर्ने अवस्थामा मात्र सार्वजनिक क्षेत्रमा यस्ता सवारीसाधनलाई चल्न दिने व्यवस्था रहेको छ।

क्यालीफोर्नियले पनि ड्राईभर बिनाको गाडीलाई सार्वजनिक स्थानमामा चलाऊने पर्मिट दिएको छ।

बिबिसिको सहयोगमा

Share News