१० वर्ष पोखरा बसाई पछि ‘क्रसरोड थकाली भान्सा घर’ काठमाडौंमा

<p>काठमाडौं। करिब १० बर्ष देखी पोखरामा थकाली खानाका पारखीलाई बिशेष स्वाद पस्कन सफल &#8216;क्रोसरोड थकाली भान्सा&#8217; ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंको कमलादीमा जेष्ठ ५ गते देखी थकाली भान्सा घर संचालनमा आएको छ। अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्रचार्य र विरेन्द्र शेरचनले करिब २ करोडको लगानीमा थकाली भान्सा घर संचालनमा [&hellip;]</p>

काठमाडौं। करिब १० बर्ष देखी पोखरामा थकाली खानाका पारखीलाई बिशेष स्वाद पस्कन सफल ‘क्रोसरोड थकाली भान्सा’ ले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ। काठमाडौंको कमलादीमा जेष्ठ ५ गते देखी थकाली भान्सा घर संचालनमा आएको छ।

अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्रचार्य र विरेन्द्र शेरचनले करिब २ करोडको लगानीमा थकाली भान्सा घर संचालनमा ल्याएका हुन्।

संचालक विरेन्द्र शेरचन

पोखराको न्युरोडमा १० बर्ष, लेकसाईड मा ८ बर्षको अनुभव संगालेर काठमाडौंमा शुद्द थकाली खानाको पारखीहरुको लागि स्वाद पस्कनको लागि आफुहरु तयार भएको शेरचनले बताए।

पोखराको न्युरोड चिप्लेढुंगाबाट सुरु भएको व्यावसाय विस्तारको क्रममा कमलादीमा खुलेको संचालक विरेन्द्र शेरचनले जानकारी दिए। ‘अरुले काठमाडौंमा सुरु गरेर मोफेसलमा विस्तार गर्छन्, हामी मोफेसलबाट विस्तार गर्ने क्रममा काठमाडौं प्रवेश गरेका छौं,’ उनले जानकारी दिए।

चिकेन थाकाली सेट

क्रसरोडमा मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङ्रको सुकुटी, जिम्मुलगायतको खाना उपलब्ध छ। घोकेन (फापरको पिठोबाट बनाईने ब्रेडजस्तो परिकार), ‘आलु सुकुटी प्ला’ लगायतका बिशेष खानेकुरा यस भान्साको बिशेषता रहेको भान्सा घरका प्रबन्ध निर्देशक आक्रोश बजचार्यले बताए।

थकालीमा रमाउँदै पाहुना

आलुको सुकुटी प्ला

खिङगा प्ला

 

 

 

 

 

Share News