धनुषाको महेन्द्रनगरमा कृषि विकास बैंकको नयाँ शाखा

<p>काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धनुषाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथी तथा मुख्य मन्त्री लालबाबु राउतले औपचारिक रुपमा गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले भविष्यमा थप डिजिटल सेवाहरुको अतिरिक्त विविध क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने जानकारी [&hellip;]</p>

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले धनुषाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन प्रमुख अतिथी तथा मुख्य मन्त्री लालबाबु राउतले औपचारिक रुपमा गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बैंकले भविष्यमा थप डिजिटल सेवाहरुको अतिरिक्त विविध क्षेत्रहरु समेटी लगानी वृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने जानकारी दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी राउतले बैंकको उच्च प्रगतिका लागि शुभकामना व्यक्त गर्दै स्थानीयहरुलाई आफूसँग भएको स-सानो बचत रकम बैंकमा जम्मा गर्न अनुरोध गरेका छन् ।

Share News