शुक्रबारदेखि जेम एण्ड ज्वेलरी एक्स्पो सुरु, ६० वटा स्टल

<p>काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आज देखि  ५ गतेसम्म खानी विभाग परिसरमा सुरु भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो शुक्रबार देखी सञ्चालन भएको हो । शुक्रबार देखि सुरु भएको अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा [&hellip;]</p>

काठमाडौं । नेपाल अन्तराष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो आज देखि  ५ गतेसम्म खानी विभाग परिसरमा सुरु भएको छ । खानी तथा भुगर्भ विभाग र नेपाल सुनचाँदी रत्न आभुषण महासंघको संयुक्त ब्यवस्थामा विभागकै कम्पाउन्डमा उक्त एक्स्पो शुक्रबार देखी सञ्चालन भएको हो ।

शुक्रबार देखि सुरु भएको अन्तरराष्ट्रिय जेम एण्ड ज्वेलरी मेला उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्राकृतिक रुपमा धनी भएको र जसको प्रशोधन, उत्खनन गरी निर्यात क्षमता बृद्धि गर्ने बताए । उनले भने प्राकृतिक रुपमा धनी रहेको हाम्रो देश नेपालले जेम एण्ड ज्वेलरी रत्न आभुषणहरुमा आत्मनिर्भर हुनु पर्छ । ओलीले यस्ता बहुमूल्य बस्तुहरुको प्रवर्द्धन तथा निर्यात गर्न चालु आर्थिक बर्षको बजेटले समेत सम्बोधन गरेको जानकारी दिएका छन ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष रमेश महर्जनले नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तराष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यका साथ यस वर्ष पनि सो एक्स्पो आयोजना भएको बताए ।

एक्स्पोमा सुन, चाँदीका ३६, लुज जेम्सका ४, सिल्भर ज्वेलरीका २, ल्यापीडरी (जेम्स कटिङका) २, रक एण्ड मिनेरल्सका १२ तथा एजुकेसनका ४ गरी जम्मा ६० ओटा स्टल रहनेछन ।

Share News