
काठमाडौँ । जनता बैंकले भरतपुर आँखा अस्पताल, चितवनलाई रु. २ लाख ६० हजार बराबरको २० थान थ्रीसिटर आगन्तुक कुर्सी प्रदान गरेको छ ।
बैंकको भरतपुर क्षेत्रीय उपप्रमुख संजय शर्माले नेपाल नेत्र ज्योती संघ भरतपुरका अध्यक्ष कृष्णराज धरेललाई एक कार्यक्रमका बीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।
यसैगरी वीरेन्द्र विद्यामन्दिर क्याम्पस, टीकापुर, कैलालीको पुस्तकालयलाई रु. ७५ हजार बराबरको विभिन्न पुस्तकहरु उपलब्ध गराएको बैंकले जनाएको छ ।