मंगलबारको नेप्से सूचक निलाम्मे, तथ्याङ्क नदेखिनुमा यस्तो छ कारण

<p>काठमाडौं । मंगलबारको नेप्से परिसूचक निलाम्मे देखिएको छ । बजार नियमित समयमै खुला भएपनि कुनै पनि तथ्याङ्क अपडेट नभएकाले परिसूचक निलाम्मे देखिएको हो । बिजुलीको पोलमा आगलागि भएको कारण डाटा अपडेट गर्न नसकेकाले नेप्सेको साइटमा असर परेको हुन सक्ने एक स्रोतले जनाएको छ । सोही कारण नेप्सेको बिन्दु, प्रतिशत जस्ता कुनै पनि तथ्याङ्क अपडेट भएको [&hellip;]</p>

काठमाडौं । मंगलबारको नेप्से परिसूचक निलाम्मे देखिएको छ । बजार नियमित समयमै खुला भएपनि कुनै पनि तथ्याङ्क अपडेट नभएकाले परिसूचक निलाम्मे देखिएको हो ।

बिजुलीको पोलमा आगलागि भएको कारण डाटा अपडेट गर्न नसकेकाले नेप्सेको साइटमा असर परेको हुन सक्ने एक स्रोतले जनाएको छ ।

सोही कारण नेप्सेको बिन्दु, प्रतिशत जस्ता कुनै पनि तथ्याङ्क अपडेट भएको छैन । उक्त साइटमा हिजो सोमबार २ बजेर ५९ मिनेट पछि कुनै पनि डाटाहरु अपडेट भएका छैनन् ।

‘साइटमा समस्या देखिए पनि सेयर कारोबार भने टीएमएस प्रणालीबाट भइरहेको छ ।’ नेप्सेका सीईओ चन्द्रसिंह साउदले विकासन्युजसँग भने ।

Share News