टेलिकमको मोबाइल लाइसेन्स नवीकरण अन्योलमा

<p>काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मोबाइल सेवा इजाजत नवीकरण आइतबार पनि हुन सकेन। नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको आइतबारको छलफलबाट यस विषयमा टुंगो लाग्ने अपेक्षा गरिए पनि छलफलले निरन्तरता पाउँदा नवीकरण प्रक्रिया अघि बढ्न नसकेको हो। प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालका अनुसार आइतबार बोर्डमा यस विषयमा छलफल भएको थियो। ‘छलफलले निरन्तरता पाएको छ’, [&hellip;]</p>

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मोबाइल सेवा इजाजत नवीकरण आइतबार पनि हुन सकेन। नेपाल दूरसञ्चार प्राधिकरण बोर्डको आइतबारको छलफलबाट यस विषयमा टुंगो लाग्ने अपेक्षा गरिए पनि छलफलले निरन्तरता पाउँदा नवीकरण प्रक्रिया अघि बढ्न नसकेको हो।

प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोतम खनालका अनुसार आइतबार बोर्डमा यस विषयमा छलफल भएको थियो। ‘छलफलले निरन्तरता पाएको छ’, खनालले भने, ‘टेलिकमले समयभित्रै नवीकरणका लागि निवेदन दिएको र निवेदनअनुसार नवीकरण प्रक्रियामै छ।’ प्रक्रियामा भएकाले टेलिकम सेवा सञ्चालनमा कुनै समस्या नहुने खनाल बताउँछन्।

खनालका अनुसार इजाजतको समय सकिनभन्दा तीन महिना अघिनै प्राधिकरणमा निवेदन दिनुपर्ने प्रावधान छ। त्यसैका आधारमा टेलिकमले माघ २५ भित्रै प्राधिकरणमा सेवा नवीकरणका लागि निवेदन दिएको थियो। तर, नवीकरण शुल्कको विषयमा रहेको कानुनी अन्योलताले समयमा नवीकरण हुन नसकेको हो। प्रक्रियामै रहेकाले केही दिनभित्रै यस विषयलाई टुंगो लगाउने खनालले बताए । नवीकरण अवधि वैशाख २९ गते सकिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

Share News