धनुषामा सहयोगी विकास बैंकको महिला शाखा सञ्चालन, ‘सीता बचत खाता’ शुरू

<p>काठमाडौं । सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चौकमा १४औँ शाखा अर्थात महिला शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरुले व्यवस्थापन र संचालन गर्ने गरी प्रारम्भिक रुपमा संचालनमा ल्याउने भएका छन् । सो शाखामा हाल कार्यरत कर्मचारीहरु शाखा प्रवन्धकदेखि मेस्तरसम्म महिलाले नै कार्य गर्दछन् । यस शाखामा जम्मा ६ जना महिला आवद्ध [&hellip;]</p>

काठमाडौं । सहयोगी विकास बैंकले धनुषा जिल्लाको जनकपुरमा रहेको रामानन्द चौकमा १४औँ शाखा अर्थात महिला शाखा सञ्चालनमा ल्याएको छ । सो शाखालाई महिलाहरुले व्यवस्थापन र संचालन गर्ने गरी प्रारम्भिक रुपमा संचालनमा ल्याउने भएका छन् ।

सो शाखामा हाल कार्यरत कर्मचारीहरु शाखा प्रवन्धकदेखि मेस्तरसम्म महिलाले नै कार्य गर्दछन् । यस शाखामा जम्मा ६ जना महिला आवद्ध छन् । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतको “बेटी बचाओ, बेटी पढाओ” नारालाई सार्थक बनाउँदै उदारणको रुपमा यो शाखा स्थापना गरीएको हो । यो शाखा सञ्चालनसँगै प्रदेश नं २ मा महिला शाखा खोल्ने सहयोगी सम्भवत प्रथम विकास बैंक भएको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए ।

महिलाहरु पनि बैंकिङ्ग श्रेत्रमा अब्वल हुन सक्छन् र राम्रो व्यवस्थापकको रुपमा प्रस्तुत हुन्छन् भने भनाईमा थप आयाम यस बैंकले दिएको जनाएको छ । बैंकले यस क्षेत्रका महिलाहरुको पहँुच बैंकिङ्ग क्षेत्रमा बढी भन्दा बढी होस् र महिलाहरुको सुविधामा थप सहयोग पुगोस् भन्ने दृष्टिकोणले यस बैंकले यस प्रदेश नं. २ मा नयाँ अवधारणालाई प्रस्तुत गरेको हो ।

उक्त शाखामा हाल २५० जनाको खाता सञ्चालनमा ल्याइएको तथा करिब ३ करोड रूपैयाँ निक्षेप जम्मा भइसकेको छ । खाता संख्या र निक्षेप क्रमशः वृद्धि गर्दै लगेको छ । धेरै महिलाहरूले यसै शाखामा बैंकिङ्ग कारोवार गर्न रूचाएको रिजालले बताए ।

त्यसैबीच नेपाल सरकारद्वारा ‘एक व्यक्ति एक खाता” को अवधारणा सार्थक तुल्याउन बैंकले ‘सीता बचत खाता’ सञ्चालन गरेको छ । उक्त खातामा बैंकले आफ्नो तर्फबाट प्रत्येक खातामा १०० रुपैयाँ जम्मा गरिदिने व्यवस्था पनि गरेको छ । उक्त खातामा शुन्य मौज्दातमै खाता खोल्न सकिने र मोवाइल बैंकिङ्ग सेवा, एटिएम सुविधा जस्ता बैंकिङ्ग सुविधाहरु उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत रिजालले बताए ।

हाल यस बैंकको सिन्धुली, महोत्तरी र धनुषा गरी १४ वटा शाखा रहेका छन् ।

Share News