नवजीवन परोपकार समाजलाई सनराइजको २ लाख ५० हजार सहयोग

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>


काठमाडौं । सनराइज बैंक लिमिटेडले असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैरसरकारी संस्था नवजीवन परोपकार समाजलाई २ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा भएको रकम हस्तान्तरण कार्यक्रममा नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल तथा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं. ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न बैंकलेसहयोग रकम हस्तान्तरण गरेकोे जनाएको छ ।

Share News