काठमाडौँ । ससाङ योङ मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता आईएमएस मोटर्सले ‘फ्रि ससाङ योङ सर्भिस क्याम्प’ विशेष अफर सञ्चालन गरेको छ ।
क्याम्पमा फ्रि सर्भिसिङ, फ्रि हेल्थ चेकअप र इन्स्पेक्सन, लुब्रिकेन्टसमा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टसमा १५ प्रतिशत छुट र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
बैशाख २२ गतेदेखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रालि नयाँ बजारमा काठमाडौँमा यो क्याम्पस सञ्चालन हुने कम्पनीले जनाएको छ ।