
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेले स्थितसरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

बैशाख २० गते गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरीकुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो ।
अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।