
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैशाख १४ गते सुनसरी जिल्ला, कोशी गाउँपालिका वडा नं. ३, जमुवा चोकमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ ।
ग्लोबल आइएमई बैंकको इटहरी शाखाको आयोजना र बिराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा जाँच शिविर सम्पन्न भएको हो । बैंकको तर्फबाट आँखाका रोगीहरुलाई निःशुल्क औषधि तथा दृिष्ट दोष भएका बिरामीहरुलाई निःशुल्क चश्मा समेत बितरण गरिएको छ ।
उक्त शिविरमा मोतीबिन्दु भएका आँखाका बिरामीहरुको बिराटनगर आँखा अस्पताल, बिराटनगरमा निःशुल्क शल्यक्रिया पनि गरिएको छ । निम्न आयस्तर भएका तथा अति पिछडिएका बिरामीहरुलाई लक्षित गरी उक्त आँखा शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ ।