अब पत्रकारिता पढ्न कलेज जानै नपर्ने

<p>काठमाडौं। अब पत्रकारिता पढ्न कलेज जानु नपर्ने भएको छ । पत्रकारिता बिषय अब घरमै बसेर पढ्ने सुबिधा खुला विश्वविद्यालयले ल्याउन लागेको हो । सोमबार नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन अन्तर्गत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका हुन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त [&hellip;]</p>

काठमाडौं। अब पत्रकारिता पढ्न कलेज जानु नपर्ने भएको छ । पत्रकारिता बिषय अब घरमै बसेर पढ्ने सुबिधा खुला विश्वविद्यालयले ल्याउन लागेको हो । सोमबार नेपाल खुला विश्वविद्यालय र नेपाल प्रेस इन्स्टिच्यूट आम सञ्चार अध्ययन अन्तर्गत शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न सहमत भएका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्मा र नेपाल प्रेस इन्स्टिच्यूटका अध्यक्ष नीलकण्ठ उप्रेतीबीच उक्त सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुवै संस्थाबीच असोज २०७६ भित्र स्नातक, स्नातकोत्तर तहको पहिलो सेमेष्टरको अध्ययन प्रारम्भ गर्नेसमेत सहमति भएको हो । उक्त अध्यनलाई स्नातक, स्नात्तकोत्तर हुँदै एमफिल र पिएचडीसम्म लगिने छ ।

विश्वविद्यालयले हाल स्नातक र स्नातकोत्तर स्तरका लागि पाठ्यक्रम विकास गर्ने काम गरिरहेको छ ।विश्वविद्यालय र इन्स्टिच्यूटबीच इन्ष्टिच्यूटको पनि प्रतिनिधित्व हुनेगरी विषय समिति निर्माण गर्ने, कोर्स डिजाइन गर्नेसमेत सहमति भएअनुसार काम थालिएको हो ।

नेपाल खुला विश्वविद्यालयको प्राज्ञिक ज्ञान र नेपाल प्रेस इन्ष्टिच्यूटको आमसञ्चारसम्बन्धी प्रयोगात्मक ज्ञानको संयुक्त मिश्रणबाट दक्ष जनशक्तिको उत्पादन गर्नु सहमतिको उद्देश्य रहेको खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले बताए ।

विविध कारणले प्रत्यक्ष कक्षामा सरिक हुन नसक्ने, नेपाल मात्र नभई विश्वको जुनसुकै कुनामा रहेका, जुनसुकै उमेरका व्यक्तिहरुलाई उनीहरुकै अनुकूल समय र गतिमा इन्टरनेटको माध्यमद्वारा अध्ययन पूरा गर्ने-गराउने कार्यक्रमको उद्देश्य रहेको छ ।

पत्रकारिता तथा आमसञ्चार संकायबाट माध्यमिक शिक्षा (उच्च) पूरा गरेकाले स्नातक र सोही संकायमा स्नातक गरेकाले खुला विश्वविद्यालयमा स्नातकोत्तरमा भर्ना हुनसक्नेछ ।

Share News