नेपाली विद्यार्थीहरुको रोजाईमा शारदा युनिभर्सिटी, ६०० भन्दा बढी अध्ययन गर्दै

<p>काठमाडौँ । शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले अल्फा बिटासँगको सहकार्यमा तेश्रो वार्षिक अभिभावक दिवस तथा पूर्व स्नातक विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यमा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद लालप्रसाद साँवा, कृष्णकुमार श्रेष्ठ, शारदा युनिभर्सिटीका कुलपति पिके गुप्ता र अन्तर्राष्ट्रिय [&hellip;]</p>

काठमाडौँ । शारदा युनिभर्सिटी रिजनल कार्यालय नेपालले अल्फा बिटासँगको सहकार्यमा तेश्रो वार्षिक अभिभावक दिवस तथा पूर्व स्नातक विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यमा गत शनिबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सांसद लालप्रसाद साँवा, कृष्णकुमार श्रेष्ठ, शारदा युनिभर्सिटीका कुलपति पिके गुप्ता र अन्तर्राष्ट्रिय निर्देशक अशोक दरयानीको उपस्थिति रहेको थियो ।

अभिभावक दिवस र पूर्व स्नातक विद्यार्थी भेट कार्यक्रममा विद्यार्थीहरुका लागि संभावना र युनिभर्सिटीको संस्कार तथा प्रणालीका सम्बन्धमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न भागबाट २५० भन्दा बढी अभिभावक तथा पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शारदा युनिभर्सिटी र नेपाली विद्यार्थीहरु तथा उनीहरुको परिवारका बीचमा सम्बन्ध सुधार गर्नका लािग अभिभावक तथा पूर्व विधार्थीहरुको प्रतिक्रिया प्राप्त भएको र पूर्व विधार्थीहरुलाई उनीहरुले नेपालको विभिन्न क्षेत्रमा पुर्याएको योगदानप्रति कुलपति पिके गुप्ताले प्रशंसा गरेका थिए ।

कस्तो छ शारदा युनिभर्सिटी ?

सन् २००० को द्शकमा भारतको उत्तर राज्यका उत्तरी प्रदेश बिहार, दिल्ली लगायतका क्षेत्रका विद्यार्थीहरु गुणस्तरीय शिक्षाको खोजिमा दक्षिण राज्यहरुमा जान्थे । सन् २००८ मा मात्र हजारौं विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि दक्षिण क्षेत्रमा गएको भारतीय अनुसन्धानहरुको निष्कर्ष छ। नेपालबाट पनि वार्षिक दशौ हजार विद्यार्थीहरु गुणस्तरीय शिक्षाको लागि विदेश जान्छन्, त्यसमा भारत जाने विद्यार्थीको हिस्सा ठुलो छ।

भारतीय विद्यार्थीहरुलाई एुउटा प्रदेशबाट अर्को प्रदेशमा जान पनि विदेश जानु सरह नै हो। विकेन्द्रित राज्य व्यवस्था र सांस्कृतिक र भाषिक विविधताको कारण निम्तिएको कठिनाईको बिच आफ्नै भुमीमा सस्तो र गुणस्तरीय शिक्षा दिने उदेश्यले भारतको केन्द्र दिल्लीको उत्तर भाग नोईडामा सन् २०००९ मा शारदा विश्वविद्यालय स्थापना भएको हो।Image may contain: 28 people, people smiling, crowd

सन् २००५ मा स्थापित शारदा ग्रुपका प्रदिपकुमार गुप्ताको पहलमा स्थापित यस विश्वविद्यालयमा हाल २० हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्दै छन् भने हालसम्म ४५००० जना उत्तीर्ण भईसकेका छन् । स्थापनाको १० बर्ष पुरा गरेको विश्वविद्यालयमा १२०० भन्दा बढी शैक्षिक बिषय रहेको छ। यस विश्वविद्यालय भारतको प्रमुख विश्वविद्यालयमा गनिन्छ।

८ हजार बर्गकिलोमिटर क्षेत्रफल फैलिएको विश्वविद्यालयको सबै रोगको उपचार हुने सुविधा सम्पन आफ्नै अस्पताल र टेक हाउस पनि रहेको छ। २००० बेड सहित शारदा अस्पताललाई अबको २ बर्षमा दिल्लीकै सबैभन्दा ठुलो र सुविधासम्पन्न बनाउने योजना रहेको छ।

यस विश्वविद्यालय नेपालीहरुको रोजाइ पनि एकदमै रहेको छ। ८० भन्दा बढी देशका विधार्थीहरु सहितको ग्लोबल युनिभर्सिटी रहेको शारदा युनिभर्सिटीमा करिब ६०० नेपाली विधार्थीहरु अध्ययन गरिरहेका छन् । अन्तरराष्ट्रिय विद्यार्थीमा नेपाली विद्यार्थीको संख्या बढी भएकोले युनिभर्सिटीले नेपालमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ।

फराकिलो पाठ्यक्रम, अन्तरराष्ट्रिय स्तरका प्रोफेसर, फराकिलो क्षेत्रफल भएको कारणले पनि शारदा युनिभर्सिटी विद्यार्थीको लागि एउटा निकै राम्रो रोजाइ हो। विश्वविद्यालयले नेपाली विद्यार्थीहरुलाई लक्षित गर्दै छात्रवृत्ति योजना पनि ल्याउने गरेको छ। यस्तै विश्वविद्यालयमा विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको पनि आयोजना गर्दै आएको छ।Image may contain: 6 people, people smiling, people standing

 

Share News