सिद्धार्थ बैंकद्वारा बारा–पर्साका हावाहुरी प्रभावितहरुलाई सहयोग

<p>काठमाडौँ । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पिडित जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको [&hellip;]</p>


काठमाडौँ । सिद्धार्थ बैंकले गत महिना गएको विनाशकारी हावाहुरीबाट प्रभावित बारा र पर्साका हावाहुरी पिडित जनताका लागि सहयोग स्वरुप विभिन्न सामाग्रीहरु प्रदान गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारा जिल्लाको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको छ ।

उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोरप्रसाद सिंह तथा सिद्धार्थ बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलद्वारा संयुक्त रुपमा वितरण गरिएको हो ।

Share News