तेल पाए १७ असोजदेखि अग्रिम टिकट खुल्ला हुने

<p>काठमाडौं, १२ असोज । भारतीय नाकावन्दी खुलेर पेट्रोलिय पदार्थको सहज आपूर्ति हुन थाले आगामी १७ असोजदेखि दशैको लागि अग्रिम टिकट बुकिङ्ग खुल्ला हुने भएको छ । काठमाडौं उपत्यकावाट दशैको लागि बाहिर जान चाहनेले अग्रिम टिकट बुकिङ्गको तिव्र प्रतिक्षा गरेको भए पनि सरकार र ब्यवसायी दुबैको सहमतिमा तत्काल अग्रिम टिकट बुकिङ्ग नगर्ने निर्णय भएको हो । [&hellip;]</p>

काठमाडौं, १२ असोज । भारतीय नाकावन्दी खुलेर पेट्रोलिय पदार्थको सहज आपूर्ति हुन थाले आगामी १७ असोजदेखि दशैको लागि अग्रिम टिकट बुकिङ्ग खुल्ला हुने भएको छ ।

काठमाडौं उपत्यकावाट दशैको लागि बाहिर जान चाहनेले अग्रिम टिकट बुकिङ्गको तिव्र प्रतिक्षा गरेको भए पनि सरकार र ब्यवसायी दुबैको सहमतिमा तत्काल अग्रिम टिकट बुकिङ्ग नगर्ने निर्णय भएको हो ।

सोमवार गृहमन्त्रालयमा भएको ब्यसायी र सरकारविचको छलफलले तत्काल अग्रिम टिकट खुल्ला नगर्ने निर्णय गरेको यातायात ब्यवस्था विभागका निर्देशक बशन्त अधिकारीले जानकारी दिए ।

‘अहिले अग्रिम टिकट बुकिङ्ग खुल्ला गरे पनि इन्धन नपाउने हो भने त्यसको कुनै अर्थ हुदैन, भारतवाट इन्धन आउन थाल्यो भने मात्रै १७ असोजदेखि अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने निर्णय भएको छ,’ विभागका निर्देशक अधिकारीले भने ।

Share News