‘ए मेरो हजुर ३’ र ‘यात्रा’ ले २०७५ साल विदाई गर्दै

<p>काठमाडौं । यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रबार (आज) देखि देशभरको हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ को झरना थापाको निर्देशन रहेको थियो भने सम्राट शाक्यको निर्देशनमा रहेको चलचित्र ‘यात्रा’ एकैसाथ प्रदर्शन भएका हुन् । निर्देशक झरना थापाकी छोरी सुहाना थापा र मेघा स्टार [&hellip;]</p>

काठमाडौं । यस वर्षको अन्तिम चलचित्र ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ शुक्रबार (आज) देखि देशभरको हलमा प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारित चलचित्र ‘ए मेरो हजुर ३’ को झरना थापाको निर्देशन रहेको थियो भने सम्राट शाक्यको निर्देशनमा रहेको चलचित्र ‘यात्रा’ एकैसाथ प्रदर्शन भएका हुन् ।

निर्देशक झरना थापाकी छोरी सुहाना थापा र मेघा स्टार अभिनेता अनमोल के.सी. जोडीको रुपामा चलचित्रमा देखिन्छन् । यस फिल्ममा डेब्यू गरेकी हुन् । अनमोल र सुहाना अलावा चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, अर्पण थापा, सरोज खनाल।

रबिन्द्र झा, रेअर राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुनिल थापाले निर्माणाधिन ‘ए मेरो हजुर ३’ मा कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहीको कोरियोग्राफी रहेको उक्त फिल्मको सम्पादन दिर्घ खड्काले गरेका हुन् ।

जर्नी लभस्टोरी भनेर चिनिने ‘यात्रा’ फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।चलचित्रमा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह निर्माता हुन् ।जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य,  रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोलको अभिनय रहेको उक्त फिल्मको सम्पादन हिमाल केसी र बनिश शाहले गरे भने छायांकन संजय लामाले गरेका हुन्

Share News