ताइवानी व्यापारिक प्रतिनिधिमण्डल काठमाडौं आउने, नेपाली व्यवसायीसँग अन्तरक्रिया गर्ने

<p>काठमाडौँ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ । ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरु सम्मिलित सो प्रतिनिधिमण्डलले यही बैशाख ५ गते विहिवारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलको दरबार हलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आयोजकको तर्फबाट [&hellip;]</p>

काठमाडौँ । ताइवान एक्सटर्नल ट्रेड डेभलपमेण्ट काउन्सिलको नेतृत्वमा ७ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डल नेपाल आउने भएको छ ।

ताइवानको प्रतिष्ठित उत्पादक तथा आपूर्तिकर्ताहरु सम्मिलित सो प्रतिनिधिमण्डलले यही बैशाख ५ गते विहिवारका दिन काठमाडौंको दरबारमार्गस्थित याक एण्ड यति होटलको दरबार हलमा नेपाली व्यवसायीहरुसँग प्रत्यक्ष भेटघाट गरी व्यापारिक सम्भावनाबारे अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

आयोजकको तर्फबाट उक्त अन्तरक्रियामा भाग लिन इच्छुक नेपाली व्यापारी तथा खरीदकर्ताहरुलाई आव्हान गरिएको छ । यो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमबाट नेपाली व्यवसायीहरुका लागि ताइवानी उत्पादक तथा आपुर्तिकर्ताहरुसँग आफ्नो व्यापार विस्तार गर्ने राम्रो अवसर हुन सक्ने आयोजकको विश्वास छ ।

उक्त प्रतिनिधिमण्डलसँगको भेटघाट कार्यक्रममा सौर्य ऊर्जा प्रणाली, बेकरी मेशिन, खाद्य पदार्थ तथा जुस, स्टील पाता तथा कोइला, एलईडी बत्ती तथा संख्यात्मक डिस्प्ले, सीसीटीभि क्यामेरा तथा उपकरण, फेस मास्क, ह्यान्ड टुल, निर्माण टुल र अन्य उत्पादनका बिषयमा छलफल गर्न सकिने कुरा आयोजकका तर्फबाट नेपालका लागी सम्पर्क व्यक्ति दर्शन न्यौपानेले जानकारी दिए ।

Share News