काठमाडौं। सार्वजनिक यातायातमा नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाइ गाडी भाडामा छुट लिन खोज्नेहरुलाई कारवाही हुने भएको छ।
काठमाडौं महानगरपालिकाको नगरसभाले पारित गरेको ‘सवारी तथा यातायात व्यवस्थापन विधेयक २०७५’ ले यो नियम उल्लेख गरिएको छ।
विधेयकमा चालक र यात्रुहरुले पालना गर्नुपर्ने नियम जसमा सह-चालकले यात्रुलाई गर्नुपर्ने व्यवहार, गाडीमा जथाभावी फोहोर गर्न नपाईने जस्ता नियम रहेको काठमाडौं नगरपालिकाको प्रवक्त ईश्वोरमान डंगोलले बताए।