बाराका हावाहुरी प्रभावितलाई सनराइज बैंकको सहयोग

<p>काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ । दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो । हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, [&hellip;]</p>

काठमाडौँ । सनराइज बैंकले १७ चैत्रमा आएको विनाशकारी हुरीका कारण बारामा प्रभावित हर्दिया र पर्शुराम गाउँका २०० पीडित परिवारहरुलाई सहयोग गरेको छ ।

दैनिक प्रयोजनको लागि आवश्यक समाग्रीहरु जस्तै भाँडाकुडा, टर्चलाइट, साबुन, तेल, टूथ पेष्ट, टूथ ब्रस आदि राहत सामग्री सहयोग स्वरुप प्रदान गरेको हो ।

हावहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति पुर्याएको छ ।

Share News