काठमाडौं। जोरपाटिमा अवस्थित हेल्लो किड्सले स्थापनाको दोश्रो वर्ष पारगरेको उपलक्ष्यमा वार्षिकउत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
अरुणीमा शैक्षिक प्रतिष्ठानकै सेवा बिस्तार स्वरुप स्थिापित सो शैक्षिक प्रतिष्ठानले बालबालिकाको सिकाइलाई उच्च प्राथमिकतामा राख्दै बालबालिकालाई सबे क्षेत्रबाट एक सवल र सक्षम नागरिक बनाउन सक्दो कोशिश गरेको विद्यालयले जनाएको छ।
कार्यक्रमको शुभारम्भ अरुनीमा एजुकेशन नेटवर्कका अध्यक्ष गोपाल बरालले गमलामा पानी हालेर गरेका थिए। कार्यक्रममा आफ्नो मन्तव्य राख्दै हेल्लो किड्सका अध्यक्ष केशव प्रसाद जोशीले सम्पूर्ण अभिभावकको साथ सहयोग र हौसलाले उक्त स्थानमा आईपुगेको बताए।
कार्यक्रममा साना बालबालिकाको संगीतीक प्रस्तुति देखी लिएर धेरै रमाइलो र सन्देशमुल्क प्रस्तुतीहरु विद्यार्थीले दिएका थिए। कार्यक्रममा स्थानीयबासी, बुद्धिजीवी, बिभिन्न क्षेत्रका प्रतिष्ठत व्यक्ति,अभिभावक लगायतकाको उपस्थिती रहेको थियो।