
काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
टायल घर स्थित बुद्ध भिजन एकेडेमीको प्राङ्गणमा शिविर भएको हो । सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष सा“इला राई तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।
धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउ“बाट लगभग ५ सय ५० भन्दा बदी नागरिक यो शिविरबाट लाभान्वित भएका छन । सो शिविरमा मुख्य रुपमा आ“खा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढी स्वास्थकर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको वडा अध्यक्ष राईले बताए ।

यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोदकुमार न्यौपानेले बताए । अघिल्लो वर्ष पनि सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गर्नुका साथै एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग गरेको थियो ।