अंग्रेजी शिक्षकको तलबको लागि मासिक दश हजार सहयोग गर्ने वडाध्यक्षको घोषणा

<p>तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले आफ्नो तलब बापत आउने रकम आफ्नै वडामा रहेको शुक्र आधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् । बिद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन । वडा अध्यक्ष [&hellip;]</p>

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले आफ्नो तलब बापत आउने रकम आफ्नै वडामा रहेको शुक्र आधारभुत बिधालयलाई मासिक १० हजारको दरले एक बर्ष सम्ममा एक लाख बिस हजार दिने घोषणा गरेका छन् ।

बिद्यालयको शनिबार सम्पन्न अभिभावक भेलाका क्रममा अध्यक्ष श्रेष्ठले उक्त घोषणा गरेका हुन । वडा अध्यक्ष श्रेष्ठले आफ्नो तलब मध्येबाट मासिक दस हजार रुपैयाको दरले २०७६ सालको शैक्षिक सत्रबाट एक बर्ष सम्म दिने घोषणा गरेका हुन् । श्रेष्ठले अंग्रेजी विषय पढाउने निजी शिक्षक नियुक्तिको लागि उक्त रकम सहयोग गरेको बताएका थिए ।

सोही अवसरमा श्रेष्ठले बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई आफ्नो एक महिनाको तलब बराबरको १९ हजार ८ सय समेत सहयोग गर्ने घोषणा गरेका छन ।

Share News