
काठमाडौँ । गण्डकी विकास बैँक लिमिटेडले २०७५ साल भदौमा मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढी पहिरोले क्षति पुर्याएको सौरु आधारभूत विद्यालयको पूर्ननिर्माणमा सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई गण्डकी विकास बैँक लिमिटेड जोमसोम शाखाका शाखा प्रमुख महेश थकालीले एक कार्यक्रमका बिच पैतालीस हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको र स–साना भाई बहिनीहरुको भविष्य सँग जोडिएको विषय रहेको अवस्थामा गण्डकी विकास बैँकले सहयोग गरेकोमा बैँक परिवार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।
बैँकले आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिदैँ जाने बैँकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।