अल्फा बिटामा ब्रिज कोर्सको तयारी, चैत २४ देखि कक्षा सञ्चालन

<p>काठमाडौँ । नयाँ बानेश्वर स्थित अल्फा बिटाले यसवर्षको पनि ब्रिज कोर्स सञ्चालन गर्दैछ । एसईई दिएर बसेका विधार्थीहरुको लागि चैत २४ गतेदेखि ब्रिज कोर्स सञ्चालन हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले बताए । साइन्स, म्यानेजमेन्ट, नर्सिङ्ग तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु सञ्चालन हुने प्रेसिडेन्ट तथा सिइओ शर्माले बताए । ब्रिज कोर्समा विभिन्न क्षेत्रमा [&hellip;]</p>


काठमाडौँ । नयाँ बानेश्वर स्थित अल्फा बिटाले यसवर्षको पनि ब्रिज कोर्स सञ्चालन गर्दैछ । एसईई दिएर बसेका विधार्थीहरुको लागि चैत २४ गतेदेखि ब्रिज कोर्स सञ्चालन हुने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले बताए । साइन्स, म्यानेजमेन्ट, नर्सिङ्ग तथा ए–लेभलका ब्रिज कोर्स कक्षाहरु सञ्चालन हुने प्रेसिडेन्ट तथा सिइओ शर्माले बताए ।

ब्रिज कोर्समा विभिन्न क्षेत्रमा सफल व्यक्तित्वहरुद्वारा करियर काउन्सिलिङ्ग गरिने छ । यसका साथै अल्फा बिटाले हरेक वर्ष ब्रिज कोर्समा विभिन्न अतिरिक्त क्रियाकलाप तथा व्यावहारिक कक्षाहरुमा ध्यान दिने गरेको जानकारी शमाले जानकारी दिए ।

गत वर्ष अल्फा बिटाबाट ब्रिज कोर्स कक्षा पढेर सेन्ट जेभियर्स गोदावारीमा नाम निकाल्न सफल आर्शिवाद झाका अभिभावकले भने–’ब्रिजकोर्स सुरु गर्नु अघि र पछिमा मैले आफ्नो बाबुमा धेरै भिन्नता पाएँ । पहिले राम्रो पढ्नुपर्छ, मेहेनत गर्नुपर्छ भन्ने भावना त थियो, तर कसरी राम्रो भन्ने हामीलाई पनि खासै थाहा थिएन ।’ अल्फा बिटामा ब्रिज कोर्स गर्दा, विभिन्न व्यक्तित्वहरुको अनुभव र भोगाई सुन्दा, नेपालका विभिन्न ठाउँहरुबाट आएका विद्यार्थीहरुसँग भेट्दा तथा व्यावहारिक शिक्षाले उत्प्रेरित भएर आफ्नो बाबुमा सकारात्मक सोचको विकास भएको पाएँ–ती अभिभावनले भने ।

अल्फा बिटा ब्रिज कोर्सबारे बताउँदै शर्माले भने-“अल्फा बिटा ब्रिज कोर्सभनको उत्कृष्ट तयारी कक्षा, सेन्ट जेभियर्स, बुढानिलकण्ठ, एसओएस, ट्रिनिटी, हिमालयन ह्वाईट जस्ता कलेजको नमुना प्रश्नहरुमा आधारित साप्ताहिक परीक्षाका साथै आफ्नो अतिरिक्त क्रियाकलापमा रहेको प्रतिभा प्रस्तुत गर्ने प्लेटफार्म हो ।

साप्ताहिक परीक्षा, अतिरिक्त क्रियाकलाप, कलेज भ्रमण, अन्तक्रिया र रोबोट, रोबोटिक्सको बारेमा शिक्षा,आत्मनिर्भर हुने गतिविधिहरु जस्तै सामाजिक बोल, व्यक्तित्व विकास र विभिन्न सफल व्यक्तित्वहरुसँगको अन्तरक्रियाले गर्दा यो १० हप्ताको समयमा विद्यार्थीले नौलो एक्सपोजर पाउने कुरा शर्माले जानकारी गराए ।

Share News