सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु बीमा दावी भुक्तानी

<p>काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ को कार्यालयमा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी स्व. यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दावी वापत चेक हस्तान्तरण गरेको छ । सोमबार आयोजित कार्यक्रममा कम्पनीका सूर्य बिनायक शाखाका प्रबन्धक भुवन केसीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण ८ नम्बर [&hellip;]</p>


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ को कार्यालयमा मृत्यु दाबी भुक्तानी कार्यक्रम आयोजना गरी स्व. यमकुमारी दुलाल खत्रीका हकवाला छोरा उमेश दुलालखत्रीलाई मृत्यु दावी वापत चेक हस्तान्तरण गरेको छ ।

सोमबार आयोजित कार्यक्रममा कम्पनीका सूर्य बिनायक शाखाका प्रबन्धक भुवन केसीद्वारा संचालित कार्यक्रममा प्रमुख अतिथि चाँगुनारायण ८ नम्बर वडाका अध्यक्ष परासर सापकोटाबाट २ लाख रुपैयाँको चेक तथा कम्पनीको सहायक महाप्रबन्धक चुडामणि सुबेदीबाट मृत्यु दावीभुक्तानी सम्बन्धी पत्र हस्तान्तरण गरिएको हो ।

बीमित स्वः यमकुमारी दुलाल खत्रीले बिमालेख नम्बर ३०२००००००१४९ अन्तर्गत १८ बर्ष अबधिको सन लाइफ साबधिक जीबन बीमा योजनामा बिमाङ्क २ लाख रुपैयाँ जीबन बिमा गराएकोमा माघ ६ गते उनको मृत्यु भएको थियो ।

Share News