एचएच बजाजको नयाँ शोरुम तनहुँमा, ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास

<p>तनहुँ । एचएच बजाजको नयाँ शोरुम तनहुँमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो कार्यलाई थप अघि बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको हो । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा [&hellip;]</p>

तनहुँ । एचएच बजाजको नयाँ शोरुम तनहुँमा सञ्चालन भएको छ । कम्पनीले आफ्नो कार्यलाई थप अघि बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम शुभेक्छा अटो वक्र्स तनहुँको दुलेगौँडामा संचालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको बताएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका एक्जुकेटिभ डाइरेक्टर आयुषमान गोल्छाले भने, ‘हामी तनहुँमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं ।’

ग्राहकहरुको बढ्दो मागका कारण हामीलाई तनहुँमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो, यो विस्तारसँगै तनहुँका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन्–उनले भने ।

Share News