काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभीको योजना ल्याएको छ ।
चैत्र १३ गते देखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुणहरु भएको इन्ट्रुडर बाइकका साथै बैंकक वा ४३ इन्च स्मार्ट एलइडी टिभी प्राप्त गर्न सक्नेछन् ।
यो योजना नव वर्ष २०७६ लार्ई मध्य नजर गरी सीमित अवधीको लागि लागु गरिएको कुरा कम्पनीले जनाएको छ । इन्ट्रुडर बाइक आपैmमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण अनुपम दोहोरो विश्वास, सुविधाजनक क्रुजरबाइकमा बस्ने पोजिसन सहितको विलासितापूर्ण स्टालिङ्ग रहेको छ । यो चालकको सुरक्षाको लागि १५० सी सी को बाइक समूहमा ए बि एस जडान गरिएको एक मात्र क्रुजर बाइक हो ।