प्रियंका र आयुषमानले फ्यानहरुसँग मोःमोःउत्सव मनाए

<p>काठमाडौँ । कोका–कोला नेपालद्वारा आयोजित चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ लोकप्रियता कमाएको छ । नायक÷नायिकाहरु प्रियंका कार्की र आयुषमान देशराज जोशीलले मोःमोः उत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् । प्रियंका र [&hellip;]</p>


काठमाडौँ । कोका–कोला नेपालद्वारा आयोजित चौथो संस्करणको ‘कोक र मःमः पर्फेक्ट जोडी’ नारा सहितको मोःमोःउत्सवले कोक र मःम प्रेमीहरु माझ लोकप्रियता कमाएको छ ।

नायक÷नायिकाहरु प्रियंका कार्की र आयुषमान देशराज जोशीलले मोःमोः उत्सवको रौनक बढाउन काठमाडौंका विभिन्न आउटलेट र होटलहरुमा भ्रमण गर्दै फ्यानहरुसँग बसेर कोका–कोला र विभिन्न परिकारको मःमःको मज्जा लिइरहेका छन् ।

प्रियंका र आयुषमानले मंगलबार नयाँ बानेश्वरका मुड अन केफ, बर्गर हाउस, बर्गर क्लब, बिशाल मःमः र चिकेन स्टेशनका आउटलेटहरुमा भ्रमण गरेका छन् । प्रियंका र आयुषमानले विभिन्न आउटलेटका संचालक, स्टाफ् र फ्यानहरुसँग भेटघाट गरेर कोक र मःमःको अनुभव बढाउदै फोटो खिचेका छन् ।

आयुषमानले मोःमोःउत्सवको अनुभव साट्दै भने, ‘मलाई कोका–कोला मोःमोःउत्सवले विभिन्न परिकारको मःमः र चिसो कोका–कोलाको अनुभव बढाउन अवसर प्रदान गरेको छ ।’

Share News