कसले किन्यो मुक्तिनाथ विकास बैंकको एकैदिन २ करोडको सेयर ?

<p>काठमाडौं । सोमबार मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख रुपैयाँ बराबरको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ ।  बैंकको एकैदिन प्रतिकित्ता २०८ रुपैयाँमा एक लाख कित्ता प्रमोटर सेयर किनबेच भएको हो । सो दिन ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४२(सानी सेक्युरिटज प्रा.लि) मार्फत  बैंकको साे मात्राकाे प्रमोटर सेयर कारोबार भएको हो । [&hellip;]</p>

काठमाडौं । सोमबार मुक्तिनाथ विकास बैंकको २ करोड ८ लाख रुपैयाँ बराबरको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ ।  बैंकको एकैदिन प्रतिकित्ता २०८ रुपैयाँमा एक लाख कित्ता प्रमोटर सेयर किनबेच भएको हो ।

सो दिन ब्रोकर नम्बर ५८(नासा सेक्युरिटज कम्पनी) र ब्रोकर नम्बर ४२(सानी सेक्युरिटज प्रा.लि) मार्फत  बैंकको साे मात्राकाे प्रमोटर सेयर कारोबार भएको हो ।

बैंकको एकैदिन भएको दुईवटा कारोबारमा कुल एक लाख कित्ता सेयर काराेबार भएकाे छ । साेमध्ये पहिलो कारोबारमा ५० हजार कित्ता सेयरको बिक्री ५८ नम्बर ब्रोकरबाट भएको छ भने ४२ नम्बर ब्रोकरबाट खरिद भएको छ । त्यस्तै, दोश्रो कारोबारमा ब्रोकर नम्बर ५८ ले ब्रोकर नम्बर ४२ बाट ५० हजार कित्ता सेयर किनेको छ ।

Share News