ड्याट्सनले भित्र्यायो नयाँ कार, मूल्य २५ लाख देखी २७ लाखसम्म

<p>काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले ३ वटा मोडेलका नयाँ कार सार्वजनिक गरेको छ । कम्पनीले आइतबार सार्वजनिक गरिएको ड्याट्सन गोएओको मूल्य २४ लाख ९९ हजार, ड्याट्सन गोटिको मूल्य २५ लाख ९९ हजार र ड्याट्सन गोटिओको मूल्य २६ लाख ९९ हजार तोकेको छ । कम्पनीका अनुसार नयाँ गोएओ, गोटि र [&hellip;]</p>

काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले ३ वटा मोडेलका नयाँ कार सार्वजनिक गरेको छ ।

कम्पनीले आइतबार सार्वजनिक गरिएको ड्याट्सन गोएओको मूल्य २४ लाख ९९ हजार, ड्याट्सन गोटिको मूल्य २५ लाख ९९ हजार र ड्याट्सन गोटिओको मूल्य २६ लाख ९९ हजार तोकेको छ ।

कम्पनीका अनुसार नयाँ गोएओ, गोटि र गोटिओमा सुरक्षाका लागि थप फिचर दिइएको छ । उक्त गाडी मुल्य सस्तो, स्पेयर पार्ट्स सर्बसुलभ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, आकर्षण लुक्समा उपलब्धमा भएको कम्पनीले दाबी गरेको छ ।

नयाँ युगका लागि जापानी प्रविधियुक्त इन्जिन, इन्जिन किफायती, बस्नको लागि धेरै स्पेश सहित २८ विभिन्न विशेषता रहेको कम्पनीले बताएको छ ।

फस्टइन सेग्मेन्टमा एनड्रोइड अटो प्ले र एप्पल कार प्लेको साथ ७ इन्चको टच अडियो,१४ इन्चको डाइमन्ड कट अल्लोइ ह्वील, सेफ्टी प्याकेज डुयल एयर ब्याग एविएस प्लस इविडी प्लस एवि तथा पार्किङ्ग सेन्सर रहेका छन् ।

वेस्ट इन क्लासमा १८० एम एमको ग्राउन्ड क्लियरेन्स, २४५० एम एमको ह्वील वेस, २६५ लिटर लगेज स्पेस र ४.६ एम टर्निङ रेडियस रहेको छ । १.२ एल एचआर १२ डिई पेट्रल इन्जिन रहेको छ । जसले प्रति लिटर १९.८३ किलोमिटर प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

Share News