नेपाल मेडिसिटीको हटलाईन ११३४, भेन्टिलेटर सहितको एम्बुलेन्स र स्वास्थ्यकर्मी बोलाउन सकिने

<p>काठमाडौँ । सबै प्रकारको टेलिफोनबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीकालागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको विश्वस्तरिय एसिएलएस एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तुरुन्तै बोलाउन सकिने छ । नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न [&hellip;]</p>

काठमाडौँ । सबै प्रकारको टेलिफोनबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीकालागि छुट्टाइएको यस नम्बरमा सम्पर्क गरी अस्पतालको विश्वस्तरिय एसिएलएस एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तुरुन्तै बोलाउन सकिने छ ।

नेपाल टेलिकम, एनसेल, युटिएल लगायतका अन्य टेलिकम सेवाबाट सिधा ११३४ डायल गरी नेपाल मेडिसिटी अस्पतालको आकस्मिक सेवाको लागि सम्पर्क गर्न सकिने अस्पतालले जनएको छ । काठमाडौं उपत्यकामा एम्बुलेन्स र देशका अन्य भागका लागि भए हेलिकोप्टरबाट तत्काल घाइतेको उद्धार गरिने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताए ।

दूुर्घटना वा भवितब्यका बेला उचित प्राथमिक उपचार नपाएकै कारण अधिकांश मानिसहरुले ज्यान गुमाउनु परेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले यसकालागि २४ सैं घन्टा चल्ने गरी हटलाइन नम्बर ११३४ सुरु गरेको हो ।

Share News