गीतकार तथा साहित्यकार ‘डीआर’लाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र

<p>काठमाडौं । एकैपटक धेरै एल्बम निकालेर रेकर्ड राखेका साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र प्रदान गरिएको छ । डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा बिमोचन गरिएको थियो । उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, [&hellip;]</p>

काठमाडौं । एकैपटक धेरै एल्बम निकालेर रेकर्ड राखेका साहित्यकार तथा गीतकार डा. डीआर उपाध्यायलाई ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पत्र प्रदान गरिएको छ ।

डीआरका एक उपन्यास ‘दगाबाज’सहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा बिमोचन गरिएको थियो ।

उपाध्यायका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डीआरका गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।

Share News