महिला दिवसमा चेम्बरले गर्यो कार्यक्रम, अर्थतन्त्र माथि उकास्न महिलाको योगदानको चर्चा

<p>काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले [&hellip;]</p>


काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाहरुको बिशाल, धैर्यवान र सन्तुलित भूमिकाको कारण बिश्व सुन्दर भएको कुरा बताएका छन् । नेपाल महिला चेम्बरको आयोजनामा राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

जैविक हिसाबले पनि महिलाका जिनहरुको संख्या पुरुषको भन्दा एकले बढी हुने भएकोले पुरुष भन्दा महिला शक्तिशाली हुने कुरा उनले बताए । देशको अर्थतन्त्र माथि उकास्न आयात र निर्यातको क्षेत्रमा महिलाहरुको सहभागिताले ठूलो योगदान दिएको चर्चा पनि उनले गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय महिला दिवसको मूल ‘थिम’ “अझैं राम्रो सन्तुलन, अझैं राम्रो संसार“ को मर्म अनुसार नेपाल चेम्बर अफ कमर्स लागिरहेको कुरा उल्लेख गरे । सन् २०१८ मा गठन गरिएको नेपाल महिला चेम्बरले बिश्वबैंकको प्रतिबेदनमा उल्लेख भएको लक्ष हाशिल गर्न नेपाल महिला चेम्बर लागिरहेको कुरा समेत उनले उल्लेख गर्नुभयो ।

नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले नेपाली नारीहरुको संघर्षको कारण आज राज्यका निकायहरुमा ३३ प्रतिशत कोटा प्राप्त भएको कुरा बताइन् । नारीहरु चुल्हो र चौकोमा मात्र सीमित हुने बिरासतमा नारिहरुकै भूमिकाको कारण परिवर्तन भएको र राज्यको नीति निर्धारण र कार्यान्वयनको तहमा पुग्न सकेको कुरा उनले बताइन् ।

कार्यक्रममा युरोपियन युनियनका राजदुत बेरोनिका कोडीले शुभकामना मन्तब्य व्यक्त गरे । त्यस्तै बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा गरिएको सम्मान पाउनेहरुमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मञ्जु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा रहेका छन् ।

Share News