क्यान्सर विजेताहरुलाई नेपाल क्यान्सर सपोर्ट ग्रुपको सम्मान

<p>काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपले नेपाल क्यान्सर अस्पतालको संयोजकतामा अन्तरराष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रममा क्यान्सर सपोर्ट ग्रुपले आयोजनाले संचालन गरेको &#8216;र्याम्प सो&#8217; मा सहभागी क्यान्सर सर्भाईभरहरुलाई सम्मान स्वोरुप कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन्। कार्यक्रमको प्रमुख अतिथी धर्मवती गुरुमाले बिरामीको सेवा नै भगवानको सेवा रहेको भन्दै क्यान्सर सपोर्ट ग्रुपलाई आफु क्यान्सर [&hellip;]</p>

काठमाडौं। नेपाल क्यान्सर सपोर्ट ग्रुपले नेपाल क्यान्सर अस्पतालको संयोजकतामा अन्तरराष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रममा क्यान्सर सपोर्ट ग्रुपले आयोजनाले संचालन गरेको ‘र्याम्प सो’ मा सहभागी क्यान्सर सर्भाईभरहरुलाई सम्मान स्वोरुप कार्यक्रम संयोजक स्वोरुपा श्रेष्ठले मायाको चिनो प्रदान गरेकी थिईन्।

कार्यक्रमको प्रमुख अतिथी धर्मवती गुरुमाले बिरामीको सेवा नै भगवानको सेवा रहेको भन्दै क्यान्सर सपोर्ट ग्रुपलाई आफु क्यान्सर उपचार हुँदा रहेको १० लाख को कोश निर्माण गरेको जानकारी दिईन्।

क्यान्सरका सर्भाईभरले क्यान्सर बिरामीलाई सहयोग गर्ने उदेश्यको साथ स्थापना भएको क्यान्सर सपोर्ट ग्रुप आज आएर यस्तो ठुलो ग्रुप होला भनेर आफुले कहिले पनि नसोचेको सपोर्ट ग्रुपका अध्यक्ष डा. सुदिप श्रेष्ठले बताए। क्यान्सरका सर्भाईभरहरुलाई अझै खुलस्त रुपमा बाहिर आएर अन्य क्यान्सर बिरामीको लागि प्रेरणा र आत्माबल बन्न आग्रह गरेका छन्। क्यान्सर रोग बलियो आत्माबल भए सजिलै जित्न सक्ने पनि उनले बताए।

क्यान्सर सपोर्ट ग्रुपले क्यान्सरका बिरामीहरुको लागि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ।

Share News