नविल बैंकले १२० प्रतिशत बोनस सेयर दिने, बोनसबाटै आठ अर्ब पुँजी पुर्याउने

<p>काठमाडौं, २८ भदौं ।  नविल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई तीन वर्षको नाफाबाट कम्तिमा १२० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले तीन वर्षको नाफाबाट कम्तिमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अगाडि सारेको छ । आगामी अडाई वर्षमा सेयरधनीसँग हाल भएको सेयरमा कम्तिमा १२० प्रतिशत सेयर थपिने छ । हाल [&hellip;]</p>

काठमाडौं, २८ भदौं ।  नविल बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई तीन वर्षको नाफाबाट कम्तिमा १२० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले तीन वर्षको नाफाबाट कम्तिमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव अगाडि सारेको छ ।

bikashnews.com

नविल

आगामी अडाई वर्षमा सेयरधनीसँग हाल भएको सेयरमा कम्तिमा १२० प्रतिशत सेयर थपिने छ । हाल १०० कित्ता सेयर हुनेसँग अडाई वर्षपछि कम्तिमा २२० कित्ता सेयर हुने छ ।

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याउने नविल बैंकले बोनस सेयर दिने एउटा मात्र प्रस्ताव अगाडि सारेको छ । उसले कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्वीजिसन नगर्ने नीति लिने भएको छ ।

बैंकले बोनस सेयर जारी गरेर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकलाई बुझाउँदैछ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ७६ लाख रुपैयाँ छ । तीन आर्थिक वर्षको नाफाबाट ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरी पुँजी ८ अर्ब पुर्याउने लागेको हो ।

तीन आर्थिक वर्षको नाफा साढे ६ देखि ७ अर्ब रुपैयाँ सम्म हुने सक्ने बैंकको विश्लेषण छ । ‘गत आर्थिक वर्षमा २ अर्ब १० करोड खुद नाफा आर्जन गरेको छ । आगामी दुई आर्थिक वर्षमा कम्तिमा ४ अर्ब ५० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सकिन्छ’ नविल बैंक स्रोतले भन्यो–‘गत आर्थिक वर्षको भन्दा नाफा घट्दैन । आगामी दुई वर्षमा ४ अर्ब २० करोड रुपैयाँ मात्र नाफा भयो भने पनि गत वर्षको नाफा जोड्दा ६ अर्ब ३० करोड रुपैयाँ हुन्छ । त्यसबाट सजिलै ४ अर्ब ३५ करोड रुपैयाँको बोनस सेयर दिन सकिन्छ ।‘

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्मको नाफाबाट प्रस्तावित बोनस सेयरलाई चुक्ता पुँजीको मान्यता दिने भएपछि नविल बैंकले बोनस सेयरबाटै राष्ट्र बैंकको तोकेको पुँजी पुर्याउने योजना बनाएको हो । बैंकको संचित नाफा ६ अर्ब ११ करोड रुपैयाँ छ ।

Share News