रक्तदाताबाट संकलन गरिएको रगतमा एचआईभी भेटियो

<p>काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो। स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्। [&hellip;]</p>

काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो।

स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्।

रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा अध्ययन गर्नको लागि सरकारले १ बर्ष अघी ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमको लागि परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताल ब्लड स्याम्पल पठाउँदै आएको कार्यक्रम संचालिका समेत रहेकी डा. रेखाले बताईन्।

कार्यक्रममा रगत संकलन गरेर पठाउने परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताललाई कदरपत्र प्रदान गरिएको थियोे।

Share News