कैलाश विकास बैंकले बिद्यालयलाई दियो कम्प्यूटर तथा फोटोकपी मेसिन

<p>काठमाडौँ । कैलाश विकास बैंकले २० फागुनमा अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्दु्रक, कास्कीमा रहेको मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । यस कार्यक्रमबाट यस विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थिहरु प्रत्यक्ष [&hellip;]</p>


काठमाडौँ । कैलाश विकास बैंकले २० फागुनमा अन्नपूर्ण गाउँपालिका वडा नं. १० घान्दु्रक, कास्कीमा रहेको मेश्रम वराह माध्यामिक विद्यालयलाई २ थान कम्प्यूटर र १ थान फोटोकपी मेसिन हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सामाग्रीहरु हरुतान्तरण गरेको हो । यस कार्यक्रमबाट यस विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थिहरु प्रत्यक्ष रुपले लाभान्वित हुनेछन् ।

शिक्षक, बिद्यार्थी तथा अभिबावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकको तर्फबाट बुद्धिराज बरालले सूचना प्रविधिको बर्तमान युगमा कम्प्यूटर तथा फोटोकपी मेसिनले विद्यार्थीहरुलाई पठन पाठनमा ठूलो सहयोग मिल्ने तथा विद्यार्थीहरुमा सूचना प्रविधिको पहुंच पु¥याउन सहयोग पूग्ने बताए ।

उक्त कार्यक्रमको सभापतित्व गरेका बिद्यालय ब्यवस्थापन समितिका का.बा. अध्यक्ष जगतबहादुर गुरुङले यस सहयोगबाट बिद्यालय तथा बिद्यार्थीहरुलाई हौसला मिलेको बताए ।

Share News