नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा श्रद्धाञ्जली व्यक्त

<p>काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ । उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ । दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई [&hellip;]</p>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ ।

उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको छ भने पर्यटन व्यवसायमा समेत क्षति पुग्न गएको महासंघले जनाएको छ ।

दुःखको यस घडीमा उहाँ लगायत उहाँसँगै यात्रामा रहनु भई शहादत प्राप्त गर्नुहुने उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ तथा निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर के.सी र सुरक्षाकर्मी अर्जुन घिमिरेको आत्माले शान्ति पाओस् भनी महासंघ मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ–कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Share News