ताप्लेजुङ दुर्घटनाप्रति परिसंघको समवेदना

<p>काठमाडौँ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले विहीबार विज्ञप्ति जारी गर्दै घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा अकल्पनीय र अप्रत्यासित दुर्घटनाले देशले अपुरणीय क्षति व्यहोर्नु परेको उल्लेख छ । नेपालले एक उदीयमान मुलुक र [&hellip;]</p>

काठमाडौँ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख प्रकट गरेको छ ।

परिसंघले विहीबार विज्ञप्ति जारी गर्दै घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

विज्ञप्तिमा अकल्पनीय र अप्रत्यासित दुर्घटनाले देशले अपुरणीय क्षति व्यहोर्नु परेको उल्लेख छ ।

नेपालले एक उदीयमान मुलुक र जनताका लागि सदैव समर्पित, विकास प्रेमीयुवा राजनीतिज्ञ, नेपालको पर्यटन एवम् उड्डयन क्षेत्रको विकासमा समर्पित एक सफल उद्यमी तथा कर्तव्यनिष्ठ राष्ट्र सेवकहरु गुमाएको छ–विज्ञप्तिमा उल्लेख छ ।

Share News