फागुन ३० र चैत १ गते मानव संसाधन मेला हुँदै

<p>काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो । आयोजक ग्रोथ सेलर्सले बुधबार पत्रकार सम्मेलन गर्दै मानव संसाधनका विषयमा आफना सत्रहरु प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरु [&hellip;]</p>


काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो ।

आयोजक ग्रोथ सेलर्सले बुधबार पत्रकार सम्मेलन गर्दै मानव संसाधनका विषयमा आफना सत्रहरु प्रस्तुत गर्नका लागि ख्याती प्राप्त राष्ट्रिय र अन्तराष्ट्रिय वक्ताहरु हुने गरायो ।

इकम एक्स्प्रेस प्रालिका वरिष्ठ उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकृत सौरभदीप सिङ्गला प्रमुख वक्ता हुने आयोजक पत्रकार सम्मेलनमा बताइयो ।

३ सय भन्दा अधिक मानव संसाधन पेशाकर्मीहरुलाई लक्षित यस कार्यक्रमका प्रमुख आर्कषणमा प्रमुख कार्यकारी अधिकृतहरु तथा मानव संसाधन विज्ञहरु ‘इन्भेष्टमेन्ट एण्ड इम्लीमेन्टेशन इनएचआर टेक्नोलोजिः ए वेय फरर्वाड’ का विषयमा समूहगत छलफल चलाउने योजना रहेको आयोजकले जनाएको छ ।

Share News