फागुन १३ गतेदेखि नेपालकै ठूलो अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल हुँदै (तालिका सहित)

<p>काठमाडौं। &#8220;सामाजिक रुपान्तरणको लागि रंगमन्च&#8221; भन्ने मूल नाराको साथ यहि फागुन १३ गते सोमबारदेखी &#8220;नेपाल अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल&#8221; हुने भएको छ। फेस्टिभलमा ८ दिनसम्म काठमाडौंको चारवटा थिएटरसँगसँगै पोखरा, जनकपुर र विराटनगरमा चल्नेछ। १८ वटा विदेशी र १२ वटा स्वदेशी नाटक गरी जम्मा ३० वटा नाटक मंचन हुँने फेस्टिभलमा विभिन्न देशका रंगकर्मीहरु अन्तरकृयाका साथै कार्यशालामा पनि [&hellip;]</p>

काठमाडौं। “सामाजिक रुपान्तरणको लागि रंगमन्च” भन्ने मूल नाराको साथ यहि फागुन १३ गते सोमबारदेखी “नेपाल अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल” हुने भएको छ।

फेस्टिभलमा ८ दिनसम्म काठमाडौंको चारवटा थिएटरसँगसँगै पोखरा, जनकपुर र विराटनगरमा चल्नेछ। १८ वटा विदेशी र १२ वटा स्वदेशी नाटक गरी जम्मा ३० वटा नाटक मंचन हुँने फेस्टिभलमा विभिन्न देशका रंगकर्मीहरु अन्तरकृयाका साथै कार्यशालामा पनि भाग लिनेछन्।

फेस्टिभलमा करिब २ करोडको खर्च हुने आयोजक समुहको अनुमान छ। यो नेपालकै ठुलो थिएटर फेस्टिभल भएको कलाकार विजय बरालले बताएका छन्।

नाटकहरु अनामनगर स्थित मण्डला थिएटरमा ६ बजे , बत्तिसपुतली स्थित शिल्पी थिएटरमा ४:३० बजे, त्रिपुरेश्वोर स्थित कौशी थिएटरमा ३ बजे र किर्तिपुरस्थित थिएटर मलमा १ बजे मन्चन हुनेछ।

नाटकको तालिका यस्तो रहेको छ :

No photo description available.

Share News