सिभिल बैंकद्धारा नेपाल आँखा अस्पताललाई टिभी प्रदान, बिरामी प्रतिक्षालयमा जडान गर्ने

<p>काठमाडौं । सिभिल बैंक लिमिटेडले बुधबार एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ । उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् । अब उक्त टिभी नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको बिरामी प्रतिक्षालयमा सो टिभी जडान गरीने छ [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक लिमिटेडले बुधबार एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ । उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका छन् ।

अब उक्त टिभी नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको बिरामी प्रतिक्षालयमा सो टिभी जडान गरीने छ ।
बैंक यसै समाजमा संचालित हुने हुँदा समाजलाई थोरै नै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको कुरा बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।

सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वका विविध क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

Share News